FAQs Complain Problems

वाड न : ७

वडाको संक्षिप्त परिचय ;
  यो वडा पुर्ब पस्चिम राजमार्गदेखि २५ किलोमिटर उत्तर लेटाङ नगरपालिका तथा लेटाङ बजार उत्तार पहाडनै पहाडले ओगटेको उत्तरमा धनकुटा,पाँचथर,पस्चिममा केराबारि गाउँपालिका, पुर्बमा मिक्लाजुङ गाउँपालिका, दक्षिीणमा लेटाङ न.पा.वडा नं ८र६ संग जोडिएको साबिक वारङी गा.बि.स.को ९ वटै वडाहरु हाल एउटै ७ नं वडामा समाहित वडा हो । यस वडा बाट चिसाङ खोला, भूवाखोला,झाग्रीखोला,बहने गर्दछ । यस वडा मा ९ वटा बिध्यालयहरु छन । २ मा.बि.,२ आ.बि.,र ५ वटा प्रा.बिहरु छन । १ बराह मन्दिर,३ वटा किराँत मन्दिर, चर्ज ८ वटा ,रहेको छ । १ श्वास्थ्यचौकी,अतिरिक्तहुलाक,१ सहकारि सस्था, रही समुद्र सतहबाट १३६१मि.उचाईमा रहेको रहेको वडा हो । 
वारङी नामाकरण 
उस वडा आदिम कालदेखी लिम्बुजातीको बसोबास गरि आएको वडा हो । लिम्बु भाषामा वा भनेको कुखुरा हो । लाङ्गे भनेको लामो हो । लामो खुट्टा भएको कुखुरा त्यस समयमा थिएकोले वालाङगे सब्द अपभ्रम्स भई वारङी रहन गएको हो । 
बिकासका सम्भावनाहरुः
यस वडामा बराह मन्दिर, सुकेपोखरी पर्यटकिय स्थल, समला डाँडा पर्यटकिय स्थल, थामचुली डाँडा पर्यटकिय स्थल, ताक्चुवा झर्ना, पित्लुङ, जस्ता पर्यटक स्थलहरुलाई अगाडी बडावा दिनेखालको योजनाहरु अगाडी सार्नकालागी ७ नं वडा को केन्द्र सम्म कालो पत्रे बनाउन सकेमा ठूलोकात्रामा बिकासका सम्भावना रहेको छ । 

उर्जा 
यस वडामा समेट्ने खालको जस्तै उत्तरी मोरङ लक्षित गरि ३००००।११०००० भोल्ट क्षमता रहेको २००।३०० कि.मी.क्षेत्र सम्म लोड लिने सेवा प्रबाह गर्न ठूलो भोल्डको जलबिद्धुत नेपालकै दोस्रो जल बिद्धुत आयोजना निर्माण भई प्राबिधीक कारणले असफल भएकै करण यस वडा बिद्धुतमा ढिलाई भएको हो । नेपाल सरकार तथा लगानी गर्ने ब्यबसायीको इच्छा भइ लगानी गरेमा यो वडा ठूलो बिद्धुत उत्पादन गर्न सक्ने वडा रहेको खोलाको श्रोतहरु रहेको वडा हो । हाल फूर्केटार टोलमा पेल्ट्रीकसेट रहेको छ ।
शान्ति सुरक्षा 
यस वडामा हाल सम्म प्रहरी चौकी नरहेको अवस्था हो । सान्ति सूरक्ष नभएकै कारण सा.सू .भत्ता बितरण गर्न यस वडा को जनताहरुले आर्थीक कारोबार गर्नको लागी , योजनाको कारोबार गर्न कठिनाई भएको छ । १०।१५ जवान रहने खालको प्रहरीचौकीको ब्यबस्था गर्न जरुरी रहेको छ । 
बितीय 
यस वडामा बैकहर नभएको कारण सा.सू. भत्ता भूक्तानी गर्ने, अन्य आर्थीक कारोबार गर्न कठीनाय रहेको छ । १ सहकारी सस्था रहेको छ । आर्थीक कारोबार गर्न सहज गर्नको लागी एक प्रहरी चौकीको ब्यबस्था गर्न जरुरी दखिन्छ ।
कृषी,पशुपालन 
यस वडामा गाउँनै गाउँले बनेको वडा भएको कारण कृषीमा निर्भर रहेको छ । अलैचि, कुचो,अदुवा,मकै,कोदो,जस्ताबाली नालीहरु र बाख्रा,गाई,भैसी,बंगुर,कुखुरा,आदी पशु चौपाएहरुको पालन गरि आएको वडा हो । पशु प्राबिधीक १ र कृषी प्रबिधीक १ जनाको अती आवस्यक भएको वडा नं ७ हो ।

शिक्षा 
यस वडामा २ मा.बि.२ आ.बि.र ५ प्राथामीक बिध्यालय रहेको वडा हो । हाल सम्म  १ वटा पनी उच्च मा.बि. छैन । यस वडा को नानीहरु उच्च शिक्षा लिनका लागी लेटाङ, ६ नं बुधबारे तथा अन्य स्थानहरुमा जानु पर्ने बाध्य रहेको छ । 
खाने पानी 
यस वडामा खाने पानीको ज्यादै कठीनाई रहेको छ । कालीखोला खानेपानीले केन्द्रमानै कठीनाइका साथ उपभोग गरि आएको छ । फेदाप्जुङ खानेपानी दुखका साथ चलेको छ । पत्लिुम्बा खा.पा.को हाल उस्तैछ । बल्ल समला खा.पा.योजना सूरु भएको छ । कूम्ले खा.पा.दुखद रहेको छ । जौबारी, पन्चमी खा.पा. दुखदनै हो । माथी उल्लेखीत सम्प्र्ण योजनाहरुलाई ठूलै योजना बिनियोजन नगरेमा आउदो ४।५ बर्ष पछि पिउने पानीको हाहाकार हुने पक्कै सम्भावना हो । 
श्वास्थ्य
यस वडामा हाल सम्म एउटा मात्र प्राथामीक श्वास्थ्यचौकी रहेको छ । दुखका साथ ज्वरोको औसधी प्राप्त गर्ने गरेको छ । अन्य रोग तथा बिराम भएमा लेटाङ, बिराटनगर, दमक, तथा अन्य शहरजानु बाध्य रहेको छ । 
सिंचाई
यस बडा खोला भन्दा माथी उठेको डाँडै डाँडामा रहेको वडा भएको कारण सिंचाईबाट धेरै टाडा रहेको वडा हो । सिंचाई हुनु हो भने कृषीमा अगाडी बड्न सक्ने सम्भावना बोकेको वडा हो । दुखका साथ अलैचीमा सिंचाई गरि आएको छ । हाल कफी खेती सूरु गरेको अवस्थामा सिंचाईको अती आवस्यक देखिन्छ । 
पर्यटन 
यस वडामा बराह मन्दिर,सूकेपोखरी पर्यटन क्षेत्र,थामचुली डाँडा,ताक्चुवा झर्ना,पित्लङ,समला डाँडा पर्यटन क्षेत्र, जस्ता अनगिन्ती पर्यटनलाई आर्कषण गर्न सक्ने स्थानहरु रहेको छ । वडा नं ७ को केन्द्र सम्म कालो पत्रे भएमा माथि उल्लेख भएको पर्यटन क्षेत्रबाट  अनगिन्ती पर्यटक भित्रयाउन सक्ने सम्भावना भएको वडा नै ७ नं वडा हो । 

क्षेत्रफल यस वडाको कुल क्षेत्रफल  ४३.६९ वर्ग कि.मि रहेको छ ।

जनसङ्ख्या    (स्रोत : नगर पार्श्वचित्र २०८०)

वडा नं

परिवार संख्या

जम्मा जनसंख्या

जनसंख्या प्रतिशत

औषत परिवार आकार

६७६

३०२६

७.९४

४.४८

 

जनप्रतिनिधिहरुको विवरण

                                                                                                                                                                                          

नाम: खगेन्द्र कुमार लिम्बू                                              नाम: बम बहादुर लिम्बू                                    नाम: पुरन माया राई                                     नाम: पवित्रा वि.क                                    नाम: आदिमान लिम्बू

पद: वडाध्यक्ष                                                          पद: वडा सदस्य                                              पद: वडा सदस्य                                           पद: वडा सदस्य                                      पद: वडा सदस्य

सम्पर्क नम्बर: ९८५२०७५३०७   वा    ९८०७०८००४१       सम्पर्क: ९८१९०९३८२३                                     सम्पर्क: ९८१७३८५००९                                  सम्पर्क: ९८१९३८८०२८                            सम्पर्क: ९८०७३११२१३

 

 

Undefined
Population: 
३०२६(२०६८ (स्रोत : नगर पार्श्वचित्र २०८०)
Ward Contact Number: 
९८५२०७५३०७
Weight: 
0