FAQs Complain Problems

वाड न : ४

ऐतिहासिक पृष्ठभूमि 
पूर्व पश्चिम राजमार्गदेखी ८ कि.मि. उत्तर समुन्द्री सतहदेखी २७६ मिटरको उचाईमा अवस्थित यस लेटाङ नगरपालिका वडा नं. ४ जिल्लाको उत्तरी भाग र नगरपालिकाको केन्द्रमा अवस्थित छ । राजनितिक रुपले १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउंपालिका सहित जम्मा १७ वटा स्थानीय तहमा विभाजित मोरङ जिल्लाको चुरे पहाडको फेदीमा फैलिएको यस लेटाङ नगरपालिका को वडा नं. ४ को सिमाना पूर्वतर्फ यसै नगरपालिकाको वडा नंं. ५,पश्चिमतर्फ लेटाङ नगरपालिका वडा नं. ३, उत्तरतर्फ वडा नं. ६ तथा दक्षिणतर्फ भने चारकोशे जंगल रहेको छ । साबिकको लेटाङ गा.वि.स. वडा नं. ६ लाई नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयले लेटाङ भोगटेनी नगरपालिका वडा नं. ८  कायम गरी पुनः नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयले लेटाङ नगरपालिका वडा नं. ४ कायम भएको समुन्द्र सतहदेखि २७६ मिटरको उचाईमा रहेको यस वडाको क्षेत्रफल....रहेको छ ।   
हाटखोला नामाकरण 
 लेटाङ गा.वि.स. हुंदैदेखि नै यस वडा न. ४ क्षेत्रमा नै हाटबजार लाग्ने गरेको हुनाले यस वडाको क्षेत्रलाई हाटखोला भन्ने नामबाट समेत चिनिन्छ । 
विकासका सम्भावनाहरु ः 
भौगोलिक हिसाबले सम्भवतः नेपालकै सबैभन्दा सानो वडाको रुपमा रहेको यस वडाको सबैभन्दा उत्तरी भागमा निर्माण भएको मदन भण्डारी लोकमार्गले विकासका सम्भावनाहरु बढाएको छ भने यस वडाको सबैभन्दा बदी विकासको सम्भावनाको रुपमा भने बजार क्षेत्रको विकास र विस्तार नै हो । यस वडामा भएका सबै बाटोहरु कालोपत्रे भईसकेको हुनाले स्थानीयलाई सुविधा प्राप्त भएको छ । 
शान्ती सुरक्षा ः 
सिंगो लेटाङ नगरपालिकाको सुरक्षार्थ १ जना प्रहरी निरीक्षकको दरबन्दीमा ३३ जना प्रहरी जवानहरु यस नगरको शान्ति तथा अमन चैन कायम राख्ने कार्यमा तैनाथ रहनका लागि करिब १ कठ्ठा क्षेत्रफलमा ईलाका प्रहरी कार्यालय यसै वडामा रहेको छ । 
कृषि तर्फ ः 
खेती गर्नका लागी खेतीयोग्य जमिन नभएको यस वडामा कृषिकार्यको रुपमा पशुपालन मुख्य रुपमा हुने गरेको छ भने कोही स्थानीय वडाबासीहरुले सब्जी तरकारी कौशीखेती तथा करेसाबारीको समेत प्रयोग गर्दै आईरहेका छन् । 
वित्तिय क्षेत्र ः 
यस वडा तथा समग्र लेटाङ नगरपालिकाकै बासिन्दाहरुलाई आर्थिक कारोबार गर्न सहजता का निम्ति क वर्गका ४ वटा बैंक – राष्ट्रिय वाणिज्य बैंक, एन.आई.सी. एशिया बैंक, एन.एम.बी. बैंक, प्राईम कमर्शियल बैंक , २ वटा लघुवित्त साथै ७ वटा सहकारी संस्था यस वडामा सञ्चलनमा रहेका छन् । 
शैक्षिक क्षेत्र ः लेटाङ नगरपालिकाकै सबैभन्दा पहिलो वि.सं. २००९मा स्थिापित विद्यालय श्री शान्ति भगवती मा.वि.मा हाल लगभग १२५० मा.वि. तहका विद्यार्थी तथा लगभग ५०० उच्च माध्यमिक तहका विद्यार्थी गरी जम्मा १७५० विद्यार्थी सहित सञ्चालित रहेको छ भने मलेटाङ ग्रीन भ्याली बोर्डिङ र पूर्वाञ्चल अल्मा मेटर होम गरी २ वटा बोर्डिङ स्कुल साथै, स साना बालबालिकाको शैक्षिक स्तरलाई ध्यानमा राखी सरस्वती बाल विकास केन्द्र र सिद्धार्थ बालविकास केन्द्र गरी जम्मा ५ वटा शैक्षिक संस्था यस वडामा सञ्चालित रहेका छन् । 
मठमन्दिर ः 
यस वडामा हिन्दू धर्मावलम्बीका लागि शिवालय मन्दिर, शनि मन्दिर र नेवा देय दवु गरी ३ वटा मन्दिर, ईसाई धर्मावलम्बीका लागि लेटाङ बप्तिस चर्च, बौद्धमार्गीका लागी मगर बौद्ध गुम्बा र हिमालयन महायान छ्योईलिङ गुम्बा गरी २ वटा गुम्बा, साथै किरांत धर्मावलम्बीका लागि किरांत माङ्हिम र किरांत राई यायोक्खा रहेका छन् जसले सबै धर्म, जाति तथा सम्प्रदायलाई समेट्ने गर्दछ । 
स्वाथ्य सेवा ः 
यस वडाका बासिन्दाहरुको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी लेटाङ नगरपालिकाद्वारा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र यसै वडाको परिसरमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको छ ।

क्षेत्रफल : यस वडाको भूगोलको कुल क्षेत्रफल ५.६६ वर्ग कि.मि रहेको छ।

जनसंख्या सम्बन्धी विवरण       (स्रोत: नगर पार्श्वचित्र२०८०)

वडा नं

परिवार संख्या

जम्मा जनसंख्या

जनसंख्या प्रतिशत

औषत परिवार आकार

६००

२७६८

७.२६

४.६१

जनप्रतिनिधिहरुको विवरण

                                                                                                                                             

नाम; राम कुमार श्रेष्ठ                                                                   नाम: रंग बहादुर राई                                  नाम: सक्क्षम सुब्बा                                    नाम: चम्पा थापा मगर

पद : वडाध्यक्ष                                                                             पद: वडा सदस्य                                       पद: वडा सदस्य                                        पद: वडा सदस्य 

सम्पर्क: ९८५२०७५३०४                                                सम्पर्क: ९८१५३२३२६४                        सम्पर्क: ९८६३०१७०७७                    सम्पर्क: ९८४९६२३२२०                          

वा ९८४२५८३०५४   

Undefined
Population: 
२७६८(स्रोत: नगर पार्श्वचित्र२०८०)
Ward Contact Number: 
०२१ ५६०५८४
Weight: 
0