FAQs Complain Problems

वाड न : ९

वडाको परिचयः–
कोशी प्रदेश मोरङ जिल्ला लेटाङ नगरपालिका वाडनं.९ साबिक जाँते गा.बि.स.वडानं.८ र ९ लेटाङ नगरपालिकाको वडानं.९ २०७४ सालमा कायम भएको हो । पुर्व पश्चिम राजमार्गा देखी ९ किलोमिटर उत्तर सामुन्द्रि सतहदेखी.........मिटरको उचाईमा अवस्थित यस लेटाङ नगरपालिका वडानं.९ नगरपालिकाको केन्द्र  लेटाङ देखी पुर्वी भागमा अवस्थित छ । मोरङ जिल्लाको चुरे पहाडको फेदीमा मोरंगी खोला पुर्व र तेलीखोला बाह्रगोठे देखी पश्चिामा र सखुवानी पापुगौडा सिमाना मार्ग देखी दक्षिण र चारकोसे जंगलदेखी उत्तर पथरिशनिश्चरे र उर्लवारी न.पा.यस वडाको सिमाना रहेको छ ।
 वडाकार्यलयको प्रशासनिक भवन निमार्णको लागि स्व.लोक बहादुर गर , सौरा देबी भण्डारी ,पुर्व अध्यक्ष कृष्ण प्रसाद लुईटेल,घनश्याम राई,काँसीथान तिम्सीना, देउ बहादुर सार्की, पदम बिसंखे गरि जम्मा आठजना जग्गा दान दाताहरुबाट ०–५–२ जग्गा प्रप्त भई उक्त जग्गामा वडाकार्यालय भवन निर्माण सम्पन्न भइ मिति २०८०÷०२÷०७ गते देखी आफ्नै भवन बाट सेवा प्रवाह सन्चाचलन भईरहेको छ र स्वस्थ सस्था आधारभुत स्वस्थ केन्द्र पनि वडाकार्यलय सगै रहेको छ । 
यस वडाअन्तरगत सातवटा टोललाई हाल १३ वटा टोल बिकास सस्था गठन गरिएको छ । सवै टोल हरुलाई ६५ ओटा साना ठुला ग्रावेल बाटोहरुले छुएका छन,सखुवानी बुढौली चोक गणेश मन्दिर सम्म , किसान चोक देखी जाँतो चोक सम्म , देबकोटा चोक पुर्व पञ्चमुखी चोक देखी पापुगौडा सम्म कालोपत्रे बाटो रहेको छ । यस वडामा रहेका प्रमुख चोकहरुमा सि.सि.क्यामरा जडान गरि अपराधिक कृयाकलाव र सम्वेदनसिल घटना पहिचान र निगरानीको उपाय अप्नाईएको छ । जसले गर्दा  प्रहरी चौकी जाँतेलाई सान्तिसुरक्षा र अमनचयनमा सहज भएको छ । 
यस वडामा सबै जातजतीहरुको मिश्रीत बसोवास रहेको पाईन्छ । यस वडामा बिभिन्न धर्ममा आस्था राख्नेहरुको जनसंख्या रहेको छ ।सबैभन्द बढि हिन्दु धर्मालम्बीहरु रहेका छन भने बौद्ध,ईसाइ,धर्म मान्नेहरुपनि रहेका छन । मुख्य चाड दशै, तिहार,छैट,क्रिसमस,उधौली उभौली र चासोक तङनाम रहेको छ । यहाँका वासिन्दाहरुको प्रमख पेशा कृषिनै मान्न सकिन्छ र प्रमुख बालिको रुपमा धान,मकै,गहु तथा मौसमी बेमौसमी तरकारी खेती र पशुपालन रहेको छ र दुई स्थानमा दुध संकलन केन्द्र  काम गरिरहेको छ । यसवडामा बैदेसीक रोजगारमा जानेको संख्या पनि अत्याधिक छ ।
 यस वडामा दुई वटा सामुदायीक बिध्यालय छन जसमा एक उच्च मा.बि.श्री मा.बि.लेटाङ ९ जाँते र एक प्रा.बि.श्री शिक्षाज्योती प्रा.बि. र प्राईभेट शिक्षण सस्था तिनवटा छन जसमा बुढौली चोकमा प्यारगन अंग्रजी स्कुल,नमुना अंग्रेजी स्कुल,टेण्र्डष अंग्रेजी स्कूल हुन । यस वडामा हाल सातवटा सिंचाई पैनीहरु सन्चालनमा आईरहेका छन । किसान कुलो टेक्राह पैनी ,सिंहदेबी सिंचाई पैनी,पापु गौडा सिांई पैनी,स्मालि गौडा सिंचाई पैनी,माथिल्लो मोरङे देबी पैनी , जन्ता मोरङे सिंचाई पैनी , तेलिखेत सिंचाई पैनी हुन । 
यस वडाका धार्मिक सस्थाहरुमा एक सामुदायीक सिवालय मन्दिर,एक सामुदायीक दुर्गा मन्दिर , एक सामुदायीक गणेश मन्दिर ,दुई माङहीम मन्दिर ,बौद्ध गुम्वा एक,साकेला थान एक,चर्च चारवटा रहेका छन । श्री मा.बि.सामुदायीक भवन र शिवालय सामुदयीक भवन गरी दुईवटा सामुदायीक भवनहरु छन ।
यस वडाअन्तरगत लेटाङको सान जाँतेको पहिचान झल्काउने धार्मिक चोकमा बिश्वकै ठुलो जाँतो निर्माण सम्पन्न भएको छ । र सोही आसपासमा लोपोउन्मुख पशुपन्छि तथा धार्मिक पर्यटन छेत्र ले पर्यटनको छेत्रमा कामगरिरहेको छ । यसै क्षेत्रमा बालउद्धयन निर्माको लागि डि.पि.आर समेत तयार भैसकेको छ । 
 लघुबित सस्थाहरु मिरमिरे,जिवनकिास,नेरुडे कार्यरथ छन । स्थानिय बचत तथा ऋण सहकारी सस्थाहरुमा उत्तरी मोरङ कृषि सहकारी सस्था,जाँते बचत तथा ऋण सहकारी सस्था,उज्वल बचत तथा ऋण सहकारी सस्थाले नियमित सेवाप्रवाह गरिरहेका छन । 
यसवडामा चार वटा बन उपभोक्ता समितिहरु छन । जसमा बसन्त हरीयाली सामुदायीक बन,सदाबहार हरियाली सामुदायीक बन ,स्वर्गद्धवारी सामुदायीक बन , कोपिला सामुदायीक बन  हुन । 
यस वडाको दुईस्थान मौलीक सास्कृतीक पर्यटन मार्गमा जोडीएका चोरगौडा स्वर्गद्धारी बिश्रान्ति घाट निर्माण कार्य सम्पन्न भई सन्चालनमा रहेको भएतापनि अन्य संरचनाहरु निर्माण र उक्त स्थानमा फुलजन्य बिरुवाहरु लगाई सौदर्यकरण गर्न आवाश्यक देखीनछ र गणेश मन्दिर बिश्रान्ति घाट को निर्माण सम्पन्न भईसकेको छैन सो स्थानमा आवाश्यक संरचाना र शौदर्यकरण गर्न बाँकी छ । 

क्षेत्रफल  : यस वडाको भूगोलको क्षेत्रफल जम्मा ४४.६१ वर्ग कि.मि रहेको छ।

जनसंख्या सम्बन्धी विवरण : (स्रोत : नगर पार्श्वचित्र २०८० )

 

वडा नं

परिवार संख्या

जम्मा जनसंख्या

जनसंख्या प्रतिशत

औषत परिवार आकार

११३६

४९९७

१३.११

४.४०

 जनप्रतिनिधिहरुको विवरण:

                                                                                      

नाम : नन्द प्रसाद खतिवडा                         नाम: खेमराज ढकाल                                             नाम: गोपाल बहादुर लाया मगर

पद : वडाध्यक्ष                                          पद: वडा सदस्य                                                    पद: वडा सदस्य

सम्पर्क: ९८५२०७५३०९                            सम्पर्क: ९८१०४६९९१८                                            सम्पर्क: ९८६०९९८८३४

Undefined
Population: 
४९९७(नगर पार्श्वचित्र २०८० अनुसार)
Ward Contact Number: 
९८५२०७५३०९
Weight: 
0