FAQs Complain Problems

लेटाङभाेगटेनी नगरपालिकाकाे २०७२/११/१३ गतेकाे सर्वदलीय, वडा स‌ंयोजकहरु तथा बुद्धिजिवी प्रतिनिधी निर्णय

निर्णय नं. १

यस  नगरपालिकाको लागि आ.व. ०७२/०७३ मा स्थानीय विकास शुल्क लागत सहभागितामा सञ्चालन हुने योजना मध्ये नगरपालिकाके ल्याण्डफिल साइट निर्माण गर्ने भनी आयोजना लगानी विवरण भरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रस्ताव पठाइएको तर उक्त योजनाको आयोजना लगानी विवरण स्वीकृत नभएकोले उक्त योजनाको आयोजना लगानी विवरण स्वीकृत नभएकोले उक्त योजनामा प्रस्तावित रकम रु ३०,००,०००।– (रु तीस लाख मात्र)  नगरपालिका कार्यालय भवन निर्माण  योजनामा थप गरी दिनको लागि आयोजना लगानी विवरण भरी प्रस्ताव पेश गर्ने निर्णय गरियो ।

 

 

निर्णय नं. २

यस नगरपालिकामा गठन भएका ११ वटै वडाका वडा नागरिक मञ्चके पूनर्गठन गर्नको लागि मिति २०७२/११/३० गते सबै  वडामा एकैपटक विहान ११ बजे तय गर्ने निर्णय गरियो । पूनगर्ठन भेला अगाडी नगर परिषदको लागि आयोजना गरिएको वडा भेला भएको स्थानमा नै आयोजना गर्ने  र यसको प्रचार प्रसारमा सम्पूर्णले आ-आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरियो ।

निर्णय नं. ३

यस नगरपालिका क्षेत्रमा अस्थायी पूर्जा लिइ उपभोगमा रहेका जग्गाहरु मालपोत कार्यालयमा पनि ससिम राजीनामा पास हुने भएकोले त्यस्ता जग्गामा पनि नक्सापास गर्ने प्रकृया अगाडी बढाउन नगरपालिकालाई अनुरोध निर्णय गरियो ।

निर्णय नं. ४

भवन/घर नक्सापास मापदण्ड तथा कार्यविधि २०७२ को दफा ३.२१ बमोजिम नगरपालिका गठन हुनुभन्दा पहिले बनेका घर/संरचनाको नक्सापास/अभिलेखीकरणको लागि २०७३ असार मसान्त सम्म नक्सापास/अभिलेखीकरण गर्न आउन सर्वसाधारणलाई सार्वजनिक सूचना आव्हान गर्ने र यस सूचनालाई सबै सर्वसाधारण समक्ष पुर्याउन सबै पक्षले सहयोग गर्ने निर्णय गरियो ।