FAQs Complain Problems

लेटाङ बजारको दृश्य ।

Read More

लेटाङमा अवस्थित राजारानि पोखरीको मनोरम दृश्य (Arial view of RajaRani ponds)

Read More

अधेरी डाडाबाट देखिएको लेटाङको दृश्य

Read More

लेटाङ-७ वारङ्गी स्थित बाराजि मन्दिर

Read More

लेटाङ-८ जाते स्थित कोलुङ झरनाको दृश्य (The waterfal named 'Kolung' at Letang ward no. 8 region)

Read More

लेटाङ वडा नम्बर ६ स्थित कृषि विकास तालिम केन्द्र

Read More

राजारानि स्थित राजा ताल

Read More

चिसाङ खोलाको मनोरम दृश्य

Read More

लेटाङ रहेको साइनो झर्ना , सुनखरी फूल तथा किशे झर्ना ।

Read More

ड्रुोनबाट लिइएको राजारानी पोखरीको दृश्य ।

Read More

वडा नम्बर ७ स्थित एक सुन्दर गाउँ ।( The beautiful rural area at ward no; 7 region)

Read More

लेटाङ - ८ स्थित जाते बजार क्षेत्र ।

Read More

झरनाको मनोरम दृश्य(The scenery view of waterfall)

Read More

ड्रोनबाट लिइएको लेटाङ बजारको तस्बीर(The drone shot view of Letang Bazaar)

Read More

लेटाङको डाँडाबाट लिइएको एक दृश्य (The image captured from the top of the hill from Letang)

Read More

संक्षिप्त परिचय

लेटाङ नगरपालिका क्षेत्र प्राचीन समयमा धिमालहरूको राजधानी थियो । खासगरी लेटाङ बजारको पश्चिममा रहेको चिसाङ खोला तरेपछि केही उत्तरतिर जाँदा पुगिने राजारानी पोखरी भएको ठाउँमा धिमाल राजाको दरबार थियो भन्ने किंबदन्ति छ । त्यसैले यस क्षेत्रका पुराना बासिन्दाहरुको धिमालको भाषाबाट लेटाङ नाम रहन गएको भनाइ छ । यहाँका आदिबासी धिमालहरू हुन् । लेटाङको नामकरण धिमाल भाषाको लेटा शव्दबाट भएको मानिन्छ । प्राचीन धिमाल भाषामा लेटाको अर्थ पहाडबाट झरेको समथर भूभाग भन्ने हुन्छ । धिमाल पोखरी भनेर चिनिने राजारानी डाँडाबाट हेर्दा हालको लेटाङ पहाडसँग जोडिएको समथर भूभाग देखिन्छ । त्यसैले त्यसलाई धिमालहरूले लेटा भने । त्यति बेला लेटा जङ्गलले भरिएको थियो । त्यही बेलाको लेटा शव्द उच्चारण गर्दै जाँदा कालान्तरमा अपभ्रंश भई लेटाङ भएको हुनुपर्दछ । त्यही आधारमा त्यस भूमिलाई लेटाङ भन्ने गरियो । त्यही लेटा अहिलेको लेटाङ बनेको हो भन्ने बुझाइ छ ।

लेटाङ नगरपालिका क्षेत्रको ऐतिहासिक पृष्ठभूमि खोजी गर्दा यो क्षेत्र प्राचीन प्राग्ज्योतिष राज्यभित्र पर्दथ्यो । पछि गएर यसबाट मत्स्यदेश अलग हुँदा लेटाङ भेग मत्स्यदेशमा पर्न पुग्यो । यदाकदा मिथिला, पुण्ड्र र किरातहरूको अधीनमा पर्ने तथा यस भेगका स्थानीय शासकले शासन गर्ने कार्य गर्दै पछि यो क्षेत्र मुरेहांगको मोरङ भित्र पर्‌यो । यसैगरी विजयपुर राज्यको स्थापना भए पछि भने लेटाङ क्षेत्र विजयपुर कै अधीनमा रह्यो ।

 

तत्कालीन समयमा लेटाङ क्षेत्रलाई घना जङ्गलले ढाकेको थियो भन्ने गरिन्छ। यहाँका नदी किनारा भागमा केही जातजातिका मानिसहरूका ससाना वस्तीहरू थिए । घना जङ्गलका कारण मानिसले खोला या नदीको किनारा भाग तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । लेटाङ भेगमा बेलाबेलामा पाइने पुराना बसोबासका अवशेषहरूले यसै कुराको सङ्केत गरेका छन् । लेटाङको आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरू पाइएका छन् । तिनीहरू कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन सकेका छैनन् ।

Pages

Officials

Bhupendra Kumar Lawati
Mayor
9852075311
krishna kumari pokharel niraula
Deputy Mayor
9852075310
Narayan Neupane
Chief Administrative Officer
neupanen33@gmail.com
9852069111
Krishna Raj Rai
Information Officer
raisbid@gmail.com
9852075313

सेवाहरु

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्रमा दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • एकाघरको सुचना दिने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि ।
सेवा प्रकारः- बिबाह दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- बिबाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु २०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • पति वा पत्निको ना.प्र.पत्रको प्रतिलिपि
  • पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • पत्निको माइतितर्फको अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्रमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • पिता वा अामाको ना.प्र.पत्रको प्रतिलिपि
  • पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  • पिता वा अामाको मूत्यु भएको भए एकाघरका नाता खुल्ने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्डको प्रतिलिपि
  • अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता गर्ने बाबु अामाको बिबाह  दर्ता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- बसोबास प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • अस्थायि बसोबास सिफारिसको हकमा नगरपालिका बाहिरको भएमा पनि स्थलगत सेजमिनको अाधारमा सिफारिस दिने
सेवा प्रकारः- नेपालि नागरिकताको सिफारिस
सेवा समयः- सोहि दिन । स्थलगतगत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • बाबुअामा,पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • बिबाहित भए बिबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नाम थर जन्ममिति खुल्ने गरीको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबुअामा वा पतिको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दुबै कान देखिने पासपोेर्ट साइजको २ प्रति फोटो
सेवा प्रकारः- अबिबाहित प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली : रु ३०० अ्ग्रेजी : रु १०००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- बिबाह प्रमाणित(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि:रु ३०० र अंग्रेजि : रु १०००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- जन्ममिति प्रमाणीत
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निबेदन
  • नागरिकताको प्रतिलिपि
  • नगर बाहिरकव ना.प्र. भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि
  • बिध्यालयको जन्ममिति खुलेको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- नाता प्रमाणीत(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि रु ४०० । अंग्रेजि रु १००० ।
आवश्यक कागजातहरुः-
  • मृतकसँग नाता कायम गर्नु परेमा ( निबेदन,मृतकको मृत्युदर्ता /नागरिकता प्रमाण पत्रको प्रतिलिपि /मृत्युदर्ता नभएमा मृत्यु दर्ता सिफारिस )
  • वडा बाहिरको नागरिक भएमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि
  • जजसको नाता प्रमाणित गर्नुपर्नै हो सो सग सम्बन्धित उमेर पुगेको ब्यक्तिको हकमा नागरिकताको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • पेन्सनर भए नाम नम्बर र पद खुलेको तथा पति पत्निको नाम देखिने पेन्सन पट्टाको  प्रतिलिपि ।
  • अावश्यकता अनुसार बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • हालै खिचेको २ प्रति फोटो,सर्जमिन ।

जानकारी

Pages