सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिई बक्यौता कर चुक्ता गरेपछि प्यान÷भ्याट खारेजीको प्रक्रिया अगाडि बढाउन सकिन्छ।
प्रत्येक कारोबारमा प्यान/भ्याट नम्बर, मिति र रकम खुलेको प्रमाणित बिल जारी गर्नुपर्छ र सोको विवरण मासिक/त्रैमासिक विवरणमा समावेश गर्नुपर्छ।
कानुन बमोजिम तोकिएको वार्षिक कारोबार सीमा (हाल रु. ५० लाख वस्तु/रु. ३० लाख सेवाभन्दा बढी) नाघेमा वा निश्चित प्रकृतिको व्यवसायका लागि भ्याट दर्ता अनिवार्य हुन्छ।
आन्तरिक राजस्व कार्यालयमार्फत अनलाइन वा प्रत्यक्ष निवेदन दिई नागरिकता र व्यवसाय प्रमाणपत्र संलग्न गरी प्यान दर्ता गर्न सकिन्छ, नगरपालिकाले व्यवसाय दर्ता सिफारिसमा सहयोग गर्दछ।
रोजगार सेवा केन्द्र वा सम्बन्धित शाखामा तालिमको सूचना हेरी तोकिएको ढाँचामा निवेदन दिई छनोट प्रक्रियामा सहभागी हुन सकिन्छ।
रोजगारदाता र श्रमिक बीच सम्पर्क, सीप तालिम सम्बन्धी जानकारी र रोजगारमूलक आयोजनामा सहभागिताका लागि सहजीकरण सेवा उपलब्ध गराइन्छ।
सूचीकृत बेरोजगार व्यक्तिले वर्षमा न्यूनतम १०० दिन रोजगारी नपाएमा बेरोजगारी सहायता भत्ता पाउने कानुनी व्यवस्था छ।
नागरिकता प्रतिलिपिसहित रोजगार सेवा केन्द्र वा वडा कार्यालयमार्फत रोजगार सूचीकरण फाराम भरी दर्ता गर्न सकिन्छ।
वडा कार्यालय वा पूर्वाधार शाखामा सडक बत्तीको स्थान खुलाई जानकारी दिएमा प्राविधिक टोलीले मर्मत गर्दछ।
खानेपानी उपभोक्ता समिति वा पूर्वाधार शाखामा सम्पर्क गरी नयाँ जडान वा लाइन मर्मतका लागि निवेदन दिन सकिन्छ।
जग्गाधनी प्रमाण पूर्जा, नागरिकता, नक्सा डिजाइन र सम्बन्धित प्राविधिकबाट प्रमाणित नक्सा संलग्न गरी पूर्वाधार शाखामा निवेदन दिनुपर्छ।
पूर्वाधार शाखा वा सम्बन्धित वडा कार्यालयमा लिखित वा मौखिक उजुरी दिन सकिन्छ, प्राथमिकताका आधारमा मर्मत सम्भार गरिन्छ।
निर्णय कार्यान्वयन नभएमा सम्बन्धित पक्षले पुनः न्यायिक समिति शाखामा निवेदन दिई कार्यान्वयनका लागि पहल गर्न सकिन्छ।
उजुरी दर्ता भएपछि प्रचलित कानुन बमोजिम तोकिएको म्यादभित्र मेलमिलापकर्ताको सहजीकरणमा दुवै पक्षलाई बोलाई मेलमिलाप प्रक्रिया अगाडि बढाइन्छ।
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम घर जग्गा सम्बन्धी सीमा विवाद, साना चोरी, पारिवारिक झगडा जस्ता स्थानीय अधिकार क्षेत्रभित्र पर्ने विवाद हेरिन्छ।
उजुरी विषय खुलाई नगरपालिकाको न्यायिक समिति शाखामा लिखित निवेदन दर्ता गरेपछि प्रक्रिया अनुसार मेलमिलाप÷कारबाही अगाडि बढाइन्छ।
कृषि शाखामा निवेदन दिई वा प्राविधिकलाई फोन सम्पर्क गरी खेतबारीमा प्राविधिक भ्रमण तथा परामर्श सेवा माग गर्न सकिन्छ।
नगरपालिका मातहतको पशु सेवा शाखा वा नजिकको पशु स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोप, उपचार र परामर्श सेवा लिन सकिन्छ।
मुख्यतया बाली लगाउने मौसम अगावै वडा कार्यालय÷कृषि शाखाबाट सूचना प्रकाशित गरी अनुदानमा बीउ-बिजन तथा मलखाद वितरण गरिन्छ।
नगरपालिकाले वर्षैपिच्छे प्रकाशित गर्ने अनुदान कार्यक्रमको सूचना अनुसार तोकिएको ढाँचामा प्रस्ताव÷निवेदन कृषि शाखामा पेश गर्नुपर्छ।
स्थानीय स्वास्थ्य बीमा कार्यालय वा वडा कार्यालयमार्फत परिवारको विवरण र नागरिकता संलग्न गरी निवेदन दिई स्वास्थ्य बीमामा दर्ता हुन सकिन्छ।
आकस्मिक अवस्थामा नगरपालिका वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी तोकिएको दस्तुरमा एम्बुलेन्स सेवा उपलब्ध गराइन्छ।
आकस्मिक सेवा २४ सै घण्टा उपलब्ध हुन्छ भने सामान्य ओ.पि.डी. सेवा कार्यालय समय अनुसार आइतबारदेखि शुक्रबारसम्म संचालन हुन्छ।
स्वास्थ्य चौकी तथा वडा स्तरमा नियमित शिशु तथा गर्भवती खोप कार्यक्रम मासिक रूपमा तोकिएको दिनमा संचालन हुन्छ, विवरण नजिकको स्वास्थ्य संस्थामा उपलब्ध हुन्छ।
राजस्व शाखामा निवेदन दिई अभिलेख हेरी सोही व्यहोराको प्रतिलिपि रसिद वा प्रमाणित प्रतिलिपि लिन सकिन्छ।
जग्गाधनी प्रमाण पूर्जा, नागरिकता, मालपोत तिरेको रसिद र सम्बन्धित कागजातसहित निवेदन दिएमा राजस्व शाखाबाट नामसारी सिफारिस उपलब्ध गराइन्छ।
प्रत्येक आर्थिक वर्षको अन्त्य अगावै अर्थात् आषाढ मसान्तभित्र व्यवसाय दर्ता नवीकरण गर्नुपर्ने व्यवस्था छ, ढिलो गरे थप जरिवाना लाग्न सक्छ।
सम्पत्ति मूल्यांकन फाराम भरी राजस्व शाखामा पेश गरेपछि मूल्यांकन भई तोकिएको दस्तुर राजस्व शाखा वा तोकिएको बैंकमार्फत बुझाउन सकिन्छ।
योजना तथा अनुगमन शाखामा सिधै निवेदन दिन सकिने वा नगरपालिकाको गुनासो सुनुवाइ संयन्त्रमार्फत उजुरी दर्ता गर्न सकिन्छ।
योजना सम्पन्न भएपछि वा प्रगतिको चरणमा उपभोक्ता समिति र वडा कार्यालयको समन्वयमा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण गरिन्छ।
जनसंख्या, आवश्यकता, लागत प्रभावकारिता र समन्यायिक वितरणलाई आधार मानी नगर सभाबाट स्वीकृत मापदण्ड अनुसार योजना छनोट गरिन्छ।
वडा स्तरीय बस्ती÷टोल विकास संस्था वा उपभोक्ता समितिले वडा भेला र योजना तर्जुमा प्रक्रिया मार्फत प्रस्ताव तयार गरी वडा कार्यालयमा पेश गर्नुपर्छ।
नगरपालिकाले वर्षैपिच्छे संचालन गर्ने सीप विकास तालिम कार्यक्रमको सूचना वडा कार्यालय र सूचना पाटीमार्फत प्रकाशित गरिन्छ, सोही अनुसार निवेदन दिई सहभागी हुन सकिन्छ।
बालबालिका माथिको दुर्व्यवहार, बालश्रम, बाल विवाह जस्ता घटना रोकथाम, उद्धार र पुनर्स्थापनाको काम बाल संरक्षण समितिले गर्दछ।
नागरिकता, विवाह मृत्यु प्रमाणपत्र वा सम्बन्धित प्रमाण संलग्न गरी वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिनुपर्छ।
महिला तथा बालबालिका शाखा वा नजिकको वडा कार्यालयमा उजुरी दर्ता गर्न सकिन्छ, आवश्यकतानुसार प्रहरी र न्यायिक समितिमा समेत समन्वय गरिन्छ।
आइतबारदेखि शुक्रबारसम्म बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कार्यालय खुला रहन्छ, शनिबार तथा सार्वजनिक बिदाको दिन बन्द रहन्छ।
सूचना अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन पेश गरेमा सूचनाको हक ऐन बमोजिम तोकिएको म्यादभित्र जानकारी उपलब्ध गराइन्छ।
नगरपालिकाको गुनासो सुनुवाइ इकाइमा लिखित निवेदन दिएर वा नगरपालिकाको हटलाइन नम्बर÷इमेलमार्फत गुनासो दर्ता गर्न सकिन्छ।
आवश्यक कागजात पूरा भएमा सामान्यतया सोही दिन वा बढीमा ३ कार्य दिनभित्र सिफारिस पत्र उपलब्ध गराइन्छ।
बाबु÷आमाको नागरिकताको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्र, चारकिल्ला प्रमाणित मुचुल्का र वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्छ।
सम्बन्धित कर्मचारी वा ठेकेदारले लेखा शाखामा निवेदन दिएपछि बेरुजु फस्र्योट भएको यकिन गरी आर्थिक प्रशासन शाखाबाट फरफारक प्रमाणपत्र जारी गरिन्छ।
प्रत्येक आर्थिक वर्षमा नियमित रूपमा त्रैमासिक आधारमा आन्तरिक लेखापरीक्षण गरिन्छ र वार्षिक अन्त्यमा अन्तिम लेखापरीक्षण सम्पन्न गरिन्छ।
सम्झौता पत्र, कार्य सम्पन्न प्रतिवेदन, बिल/भर्पाई, कर चुक्ता प्रमाणपत्र र सम्बन्धित प्राविधिक शाखाको नाप-जाँच प्रतिवेदन आवश्यक पर्छ।
स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुसार सम्बन्धित शाखा वा वडा कार्यालयको माग र कार्य सम्पन्न प्रगति विवरणको आधारमा किस्ताबन्दी रूपमा बजेट निकासा गरिन्छ।
प्रत्येक महिनाको अन्तिम कार्यालय दिनभित्र कर्मचारीको तलब भत्ता बैंक खातामार्फत भुक्तानी गरिन्छ।
कुनै मिल्दो प्रश्न भेटिएन। खोज शब्द बदलेर हेर्नुहोस्।