ताजा समाचार
कालेबुदुली सडक लेटाङ–६ कपाशेबाट गुवावरीसम्मको सडकखण्डमा निर्माण कार्य ढिलाइ भएपछि लेटाङ नगरपालिकाले स्थलगत अनुगमन
कालेबुदुली सडक निर्माण तीव्र बनाउन नगर प्रमुखको निर्देशन
लेटाङ । कालेबुदुली सडक अन्तर्गत लेटाङ–६ को कपाशेबाट गुवावरीसम्मको सडकखण्डमा निर्माण कार्य ढिलाइ भएपछि लेटाङ नगरपालिकाले स्थलगत अनुगमन गर्दै काम तीव्र बनाउन निर्देशन दिएको छ।
मंगलबार नगर प्रमुख भूपेन्द्रकुमार लावती, पूर्वाधार विकास कार्यालय प्रमुख ई. खडानन्द ईश्वरसहितको टोली र ठेकेदार भीम पौडेलले संयुक्त रूपमा सडकको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा नगर प्रमुख लावतीले न्यून जनशक्ति प्रयोगका कारण निर्माण कार्य ढिलाइ भई स्थानीयवासी तथा यात्रुहरू सास्तीमा परेको उल्लेख गर्दै पर्याप्त जनशक्ति परिचालन गरी तीव्र रूपमा काम अघि बढाउन ठेकेदारलाई आग्रह गर्नुभयो।
अनुगमन कार्यक्रममा लेटाङ–६ का वडाध्यक्ष जंगवीर तामाङ र लेटाङ–१ का वडाध्यक्ष विष्णुकुमार मगरको समेत सहभागिता रहेको थियो।
केही तस्बिरहरू।