ताजा समाचार
लेटाङ नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सहितको टिमलाई धन्यवाद ज्ञापन।
लेटाङ नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सहितको टिमलाई धन्यवाद ज्ञापन।
लेटाङ, ०४ मंसिर, २०८२ — आज मोरङ जिल्ला लेटाङ नगरपालिका वार्ड नं २ बस्ने नवीन गौतम र भीमादेवी गौतमकी छोरी वर्ष १२ कि अंशु गौतमको बलात्कारपछि हत्याको घटनामा संलग्न पक्राउ गर्न सफल भएकोमा मोरङ प्रहरीलाई लेटाङ नगरपालिकाको सम्मान कार्यक्रम आयोजना गरेको छ। विशेषगरी मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल र उनकी टोलीलाई अन्सु गौतम प्रकरणमा गरेको सक्रिय अनुसन्धान र अपराध समाधानमा योगदानको लागि सम्मान गरिएको हो।
कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख, उपप्रमुख , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , मृतकका आफन्त (पीडित परिवार )स्थानीय अधिकारी, समुदायिक संघसंस्थाका प्रतिनिधि र स्थानीय राजनीतिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागीता रहेकाे थियाे ।
कार्यक्रमा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावती ज्यूले मोरङ प्रहरीको मेहनत, व्यावसायिकता र अनुसन्धानमा देखाएको दृढताप्रति प्रशंसा सहित लेटाङ नगरपालिका वाड नं २ का आम नागरिक,सामाजिक अभियान्ता एवं अधिकारकर्मीहरू साथै समग्र पक्षको सहयोगले मात्र यो सम्भव भएको भन्दै सम्पूर्णको योगदान एवं भूमिकालाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।
नगरपालिकाले प्रहरीलाई प्रशंसा पत्र र सम्मान चिन्ह प्रदान गर्दै समुदाय र प्रहरीबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।