ताजा समाचार
क्रिशमसको अवसरमा शुभकामना आदन-प्रदान सम्पन्न
लेटाङमा क्रिशमसको अवसरमा शुभकामना आदन-प्रदान सम्पन्न
लेटाङ, ७ पुस । मोरङको लेटाङ नगरपालिकामा क्रिष्टमसको अवसरमा शुभकामना आदन-प्रदान कार्यक्रम गरिएको छ । इलाका इसाई एकता समाज लेटाङको आयोजनामा लेटाङ ६ स्थित समाजको कार्यालय परिसरमा भएको शुभकामना आदन-प्रदान कार्यक्रममा लेटाङ नगरपालिका भरिका इसाइ धर्मावलम्वीहरुको सहभागिता रहेको थियो ।
इलाका इसाई एकता समाज लेटाङका अध्यक्ष वीवी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री तथा मोरङ १ का पूर्वसांसद डीगबहादुर लिम्बू, पूर्व नगरप्रमुख शंकर राई, पास्टर सालोम दाहाल र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न संघ-सँस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले ख्रीष्टमस पर्वले समाजमा प्रेम, भाइचारा, सहिष्णुता र शान्तिको सन्देश फैलाओस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा लेटाङ नगरपालिकाभीत्रका ३२ वडा चर्चबाट सहभागीहरु आएका थिए ।