ताजा समाचार
वडा नं २ स्थित झुरपाल टोलमा टोलबासी र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम
लेटाङ, पुस १४– लेटाङ नगरपालिकाको आयोजनामा वडा नं २ स्थित झुरपाल टोलमा टोलबासी र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“समृद्ध नगर, सुखी नगरवासी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा नगर प्रमुख भूपेन्द्र कुमार लावती ज्यू, नगर उपप्रमुख कृष्णकुमारी निरौला पोखरेल ज्यू, वडा नम्बर २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना ज्यू , टोल विकासका पदाधिकारी सदस्य एवं टोलबासी सक्रिय एवं बृहत उपस्थिति रहेको थियाे ।
टोलबासी र जनप्रतिनिधिहरूबीच विकास निर्माण सम्बन्धी योजनाहरू, टोलबासी तथा कृषि लक्षित कार्यक्रमहरू, स्थानीय समस्या र तिनको सम्भावित समाधानबारे गहन छलफल भएको थियो।
जनप्रतिनिधिहरू र स्थानीय टोलबासीबीच खुल्ला छलफल तथा अन्तरक्रियाको माध्यमबाट वाड विकासका बहुआयामिक क्षेत्र एवं विषयमा छलफल गरिएको थियो ।
यो कार्यक्रमबाट टोलवासीका वास्तविक समस्या बुझी सोही अनुसारको कार्यक्रम तय गरि नगरवासीको अपेक्षा पूरा गर्न सकिने अपेक्षा नगरपालिकाले लिएको छ।
केही तस्बिरहरू।